बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.७ प्रतिशतले बढ्यो
वि.सं.२०८० मंसिर २८ बिहीवार १३:४८
shares

काठमाडौं, २८ मंसिर । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.७ प्रतिशतले बढेको छ । २.७ प्रतिशतले बढेको निक्षेप १ खर्ब ५४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४६ अर्ब ७४ करोड ९०।९ प्रतिशत० ले बढेको थियो ।
त्यस्तै २०८० कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.३ प्रतिशत, २६.० प्रतिशत र ५८।० प्रतिशत रहेको थियो ।
त्यस्तै कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो । २०७९ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३७।१ प्रतिशत रहेको थियो ।



















