Dhulikhel Eco Banner new

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

4.11K
shares

कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पा बताउँछन्।

विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताए। पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्भने केही काठमाडौँ पुगेका छन् ।

चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले जानकारी दिए । गत असोज देखि पुस सम्ममा विभिन्न देशका ७६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिएभने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उनले बताए । शेर्पाले भने, “कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजङ्घा क्षेत्रमा धेरै आएका छन् । ”