१९ यात्रुसहित तारा एयरको विमान सम्पर्क विहिन
वि.सं.२०७९ जेठ १५ आइतवार १०:५४
7.05K
shares
shares
File Picture
काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्क विहीन बनेको छ । पोखराबाट चालक दलका तीन जना सदस्य र १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन बनेको हो ।
१९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । विमानस्थल स्रोतका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन ।


















