अन्तिम लोकेशन म्याग्दीमा देखिएको थियो तारा एयरको विमान
वि.सं.२०७९ जेठ १५ आइतवार ११:०२
shares

काठमाडौं, १५ जेठ । सम्पर्क विहिन भएको तारा एयरको विमान अन्तिम लोकेशन म्याग्दीमा देखिएको छ । म्याग्दकिो शखिा क्षेत्रपछि विमान सम्प्र्क विहिन भएको विमानस्थल कार्यालयले पुष्टि गरेको छ ।
विमानस्थलमा १९ यात्रु सवार थिए । उक्त विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।
पोखराबाट चालक दलका सदस्य सहति १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन बनेको हो ।
१९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । विमानस्थल स्रोतका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन ।
यो पनि पढ्नुहोस् : १९ यात्रुसहित तारा एयरको विमान सम्पर्क विहिन


















