माउन्टेन हाइड्रोले हकप्रद शेयर निष्कासन गर्ने
वि.सं.२०८० पुस २५ बुधवार ०८:५७
3.74K
shares
shares

काठमाडौँ, २५ पुस । माउन्टेन हाइड्रो नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सीताराम तिमल्सिना सहभागी साधारणसभाले १ः१ को अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर जारी प्रस्ताव पारित गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक आर्थिक विवरणलगायत पारित गरेको छ।
साधारणसभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ति तथा गाभ्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।


















