Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको नाफा ३२.१३ प्रतिशतले बढ्यो

3.98K
shares

काठमाडौं, ७ माघ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवारण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवारण अनुसार गत आवको ६ महिनामा भन्दा चालु आवको ६ महिनाको अवधिको तुलनामा बैंकले ३२.१३ प्रतिशत बढी नाफा कमाएको छ । बैंकले गत आवको ६ महिनामा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४३.६३ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ६ महिनामा १३.११ प्रतिशत र सञ्चालन मुनाफा ३२ प्रतिशत बढेको छ। ६ महिनामा बैंकको इम्पेरमेन्ट चार्ज ५८ करोड ३१ लाख रुपैयाँबाट घटेर २८ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ रहको छ । बैंकको प्रतिशेयर आम्दानी ६ महिनाको अवधिमा ५ रुपैयाँ ४७ पैसा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ। प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ १० पैसा रहेको छ। ६ महिनामा कम्पनीको मूल्य आम्दानी अनुपात ९.०२ गुणा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।