Dhulikhel Eco Banner new

आधारहिन र हास्यास्पद समाचारबाट भ्रमित नहुन एनआईसी एशिया बैंकको अनुरोध

3.37K
shares

काठमाडौं, १ फागुन । एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित समाचारहरु प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘केही सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित भ्रामक समाचारहरुप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’, बैंकले भनेको छ ।

हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेन्डर अन्र्तगत भएको बैंकको भनाई छ । ‘केही सञ्चार माध्यमहरुले कपोकल्पित रुपमा राष्ट्र बैंकले एनआईसीको अनुसन्धान गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरु प्रकाशित भएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकले भनेको छ, ‘उक्त समाचारहरु सम्पूर्ण रुपमा झुठा र आधारहिन रहेको तथ्य सम्बन्धित सबैको जानकारीको लागि प्रस्ट पार्दछौं ।’

बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामासँग जोडेर उनको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षको, सञ्चालकहरुको र समग्र बैंक परिवारको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा कपोकल्पित रुपमा हास्यास्पद टिप्पणी हुनु अत्यन्त खेदजनक रहेको बैंकले भनेको भनेको छ । यस्ता हास्यास्पद समाचारहरुवाट भ्रमित नहुन सम्बन्धित सबैलाई बैंकले अनुरोध गरेको छ ।

बैंकले संस्थागत सुशासन, प्रचलित कानुन तथा नियमनकारी व्यवस्थाहरुको परिपालना र आम निक्षेपकर्ता, ऋणी, शेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको हकहितको सम्वद्र्धनको विषयलाई यस बैंकले सदैव सर्वाधिक उच्च प्राथमिकतामा राखेको बैंकले जनाएको छ ।

हालसम्म आम निक्षेपकर्ता, ऋणी, नियमनकारी निकायहरु, शेयरधनी, कर्मचारी एवम् आम जनमानसको यस बैंक प्रतिको अगाध भरोसाको फलस्वरुप नै यस बैंक देशकै सवैभन्दा सहज, सवल, गतिशिल, विश्वसनिय एवम् उत्तरदायी बैंक हुन सफल भएको बैंकको भनाई छ । सबै सरोकारवालाहरुको यस बैंक प्रतिको अगाध भरोसा, आस्था, विश्वास एवम् सहकार्य प्रति यस बैंक सदैव कृतज्ञ रहेको बैंकको भनाई छ ।

आफ्ना ४१ लाख भन्दा बढी ग्राहकहरुको उत्कृष्ट सेवामा अनवरत रुपमा दत्तचित्त भएर लागिरहेको बैंकले बताएको छ ।