Dhulikhel Eco Banner new

सिंगटी हाइड्रोको हकप्रद शेयर बिक्री खुला

3.12K
shares

काठमाडौं, २ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने छ ।

कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

अर्बिट इनर्जी प्रालि र ह्याबिटाट पावर कम्पनी प्रालिमा लगानी गर्ने र ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्न कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।