Dhulikhel Eco Banner new

प्रिमियर स्टिलको पूर्वाधार डेभलपर्स र ठेकेदार भेटघाट

2.09K
shares

काठमाडौ, २० फागुन । प्रिमियर स्टिलले पूर्वाधार विकासकर्ता तथा ठेकेदारहरूसँगको भेटघाटसम्पन्न गरेको छ । कार्यक्रममा देशभरका प्रिमियर स्टिलसँग आबद्ध ठेकेदार, क्नट्याक्टरहरुको भव्य उपस्थितिमा सम्पन्न भएको हो ।

प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारदाले देश निमार्णमा राम्रो भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरेका छन् । र अहिले सरकारको ढुकुटीमा पैसा नभएकोले कन्ट्रयाक्टरहरुले पैसा नपाएकोले केही समस्याहरू उत्पन्न भइरहेको व्यवसायीको भनाई छ ।

त्यस्तै विशिष्ट अतिथि नेपाल निमार्ण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपालमा निमार्ण व्यवसायीको राम्रो सम्भावना भएता पनि सरकारले समयमा भुक्तानी नदिँदा यो सम्पूर्ण क्षेत्र नै बदनाम हुन पुगेको दृष्टान्त सुनाए । साथै आफू निमार्ण व्यवसायमा आबद्ध भएपछि स्टिलमा प्रिमियर स्टिल आफ्नो पहिलो प्राथमिकतामा पर्ने गरेको बताए । तर सरकारले पुँजीगत खर्च गर्न नसकेको कारण निमार्ण व्यवसायी र उद्योगीहरूको सम्बन्ध चिसिँदै गएको पनि सुनाएका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि उद्योग सचिव मुकुन्द निरौलाले, सरकार हामी सबैको हो । सरकारलाई मात्र दोषी भन्न पाइँदैन, सरकारले एक व्यक्ति वा एक कम्पनीको बारेमा मात्र नभएर सबैको लागि काम गर्नु पर्छ । देशलाई अगाडि बढाउन हामी सबै एक भएर लाग्नु पर्छ ।

कार्यक्रमलाई समापन गर्दै सारदा गू्रपका निर्देशका सौरभ सारदाले सबैलाई धन्यवाद ज्ञापन गर्दै आउँदो दिनहरूमा प्रिमियर स्टिलले नयाँ उचाइ छुने विश्वास व्यक्त गरेका छन् । ६ वर्षको अवधिमा हाल जस्तो कठिन परिस्थिति कहिल्यै नआएको तर सबैको सरोकारवालाहरूको साझा प्रयास, साथ र सहयोगले नयाँ उचाइ हासिल गर्न सकिएको बताएका छन् । उद्योगी र निमार्ण व्यवसायीहरूको सम्बन्ध नङ र मासुको जस्तो रहेको औँल्याउँदै हामी सबै मिलेर गए मात्र यस कठिन परिस्थितिलाई चिर्न सकिने धारणा राखेका थिए ।