Dhulikhel Eco Banner new

सम्पर्कविहीन जहाजको खोजी कार्य स्थगित

4.65K
shares

काठमाडौं, १५ जेठ । आइतबार बिहान १०ः११ बजेदेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजिकार्य स्थगित गरिएको छ । रातपरेसँगै खोजिकार्य आजका लागि स्थगित गरिएको जनाइएको छ । अहिले पनि जहाजको अवस्था अहिलेसम्म अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले खोजविन कार्यलाई साँघुरो बनाइए पनि हालसम्म अवस्था अज्ञात रहेको बताएको हो ।

ट्वीन अटर विनानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भुगोलका कारण हालसम्म उक्त वायुयानको अवस्था अज्ञात रहेको छ’ प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता नेपाली सेनाले पनि सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको जनाएको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सेनाको भनाई छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।