बाँसबारी जग्गा हिनामिना प्रकरण : अर्बपती विनोद चौधरीसँग बयान
वि.सं.२०८० चैत ८ बिहीवार ११:४७
shares

काठमाडौं, ८ चैत । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा अर्बपती विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।
सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले अर्वपती चैधरी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले चैधरीलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए ।


















