Dhulikhel Eco Banner new

९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना सम्पन्न

3.41K
shares

काठमाडौं, १३ चैत । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको छ ।

उक्त आयोजनाको काम सम्पन्न गरेर शनिवार राष्ट्रिय प्रसारण लाईनमा समेत जोडिएको छ । आयोजनाले आफ्नो विद्युत गृहको प्राडगणमा समुदघाटन समारोह आयोजना गरि प्रसारण लाईनमा जोडेको कम्पनीले जनाएको छ ।

पाचँथर तथा ताप्लेजुुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलाम उक्त योजना सञ्चालनमा छ । १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईनको माध्यमबाट पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका–१ मा रहेको नेपाल विद्युत प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरेको कम्पनीले जनाएको छ ।

२०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनि गरी मिति २०८० साल चैत्रमा निमार्ण पुरा गरेको हो । आयोजको लागत १ अर्ब ९४ रहेको छ । जसमध्ये संथापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल वैक लिमिटेडको एकल लगानी रहेको कम्पनीले जनाएको छ ।

आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ ।

आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी (प्रा) लिमिटेड र इन्टेक तथा पाईप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो भने आयोजनाको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो ।

यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकनरी दिए ।

जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ भने कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको समेत न्यौपानेले जानकारी गराए ।

यो कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको वहुमत शेयर लगानी रहेको छ भने गुरु प्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाहरुको संख्या आ १६ पुगेका छन् ।

यो उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडान गरी आरपुर–दमक १३२ के.भि.ट्रान्समिसनलाईन मार्फत नेपाल अधिराज्यभर आपूर्ति भएको छ ।