GBIME

श्रीले किन्यो २ सेकेण्ड ह्याण्ड जहाज, समाधान होला त ‘डिले’ को समस्या ?

3.14K
shares

काठमाडौं । काठमाडौंबाट आन्तरिक उडान भरिरहेको श्री एयरलाइन्सले २ वटा सेकेण्डह्याण्ड जहाज किनेको छ । दुई अमेरिकी कम्पनीहरुले उडाइरहेको जहाज श्रीले किनेर काठमाडौं ल्याएको हो ।

श्री एयरका अनुसार अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाइरहेका २ सेकेण्ड ह्याण्ड जहाज किनेर ल्याइएको हो । दुबै जहाजको सिट क्षमता ८० रहेको छ । श्रीका अनुसार नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएका हुन् ।

श्री एयरले जहाज डिले (तोकिएको समयमा नउड्ने) काममा रेकर्ड नै राखेको छ । सम्भवतः नेपालको सबैभन्दा बढी डिले हुने जहाज नै श्री एयरलाइन्सको हो । आफूहरुसँग जहाजको संख्या कम हुँदा डिलेको समस्या धेरै देखिदै आएको श्रीले नै स्वीकार गर्दै आएको थियो । अहिले काठमाडौं विमानस्थलमा ट्रफिकका कारण पनि धेरै जहाजहरु डिले हुने गरेका छन् । सबैभन्दा धेरै जहाज संख्या भएको बुद्धको जहाज ३० मिनेट डिला हुँदा श्रीको जहाज ३ घण्टासम्म डिले हुने गरेको थियो ।

‘बुद्धका धेरै जहाज छन्, फ्लाइटहरु धेरै हुने भइहाले’ श्रीका एक उच्च तहका कर्मचारी भन्छन्, ‘बुद्धको १२ बजे उड्ने भनेको जहाज नउड्दा १ बजेको अर्को फ्लाइटमा हाल्छ, हाम्रो फ्लाइट थोरै भएकाले बुद्धको जस्तो अर्को फ्लाइटमा हाल्न पनि मिल्दैन थियो ।’ जहाज थप गरेपछि विद्यमान समस्या पुरै समाधान नभएपनि केही हदसम्म समाधान हुने उनले दावी गरे ।

Follow Up

धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण

धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण

प्राविधिक परीक्षणका लागि श्री एयरलाइन्सका सबै उडान स्थगित

प्राविधिक परीक्षणका लागि श्री एयरलाइन्सका सबै उडान स्थगित

धनगढी उडेको श्री एयरलाइन्समा खतराको संकेत, बिच बाटोबाटै काठमाडौं फर्कियो

धनगढी उडेको श्री एयरलाइन्समा खतराको संकेत, बिच बाटोबाटै काठमाडौं फर्कियो

नेपालगञ्जबाट काठमाडौका लागि उडेको  विमान झापाको चन्द्रगढीमा अवतरण

नेपालगञ्जबाट काठमाडौका लागि उडेको विमान झापाको चन्द्रगढीमा अवतरण

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

श्रीएअरलाइन्सले भैरहवा जाने यात्रुको झोला धनगढी पुर्यायो

श्रीएअरलाइन्सले भैरहवा जाने यात्रुको झोला धनगढी पुर्यायो