लघुवित्त कोष स्थापना गर्ने निर्णय सकारात्मक : सीईओ ओझा
वि.सं.२०७९ जेठ १७ मंगलवार १७:२७
shares

काठमाडौं, १७ जेठ । आर.एम.डीसी लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले बजेटमै लघुवित्त कोष स्थापना गर्ने कुरा बजेटमा समेटिनु सकारात्म भएको बताएका छन् । केटीएम भ्वाइसँगको कुराकानीमा ओझाले ५ खर्बको कोष स्थापना गर्ने कुरा बजेटमा समावेश हुनु सकारात्क भएको बताएका हुन् ।
लघुवित्तले गरिबी निवारण, स–साना व्यवसायीहरुलाई बिना धितो कर्जा दिदै आएको भन्दै यो कुरा बजेटमा समावेश हुन सकारात्म भएको उनको भनाई छ । धितो राख्न नसक्ने महिलाहरुलाई बिनाधितो कर्जा लगानी गर्दै आएका भन्दै यो क्षेत्रलाई पनि बजेटमा समावेश हुनु सकारात्म कुरा हो उनले भने ।
बजेटमा समावेश गरिएको यो विषयलाई अव प्रभावकारी ढंगबाट कार्यान्वयन गराउनु पर्ने ओझाको भनाई छ । ‘मलाई लाग्छ यो निर्णय सहज र प्रभाबकारी हुने छ,’ उनले भने ।


















