शेयर बजार सुधार र विस्तारका लागि कोइरालाले फेरि अनसन बस्ने
वि.सं.२०७९ जेठ १८ बुधवार १०:१०
4.94K
shares
shares

काठमाडौं, १८ जेठ । यस अघि दुई पटक आमरण अनसन बसिसेका तिलक कोइरालाले शेयर बजार सुधार र विस्तारको माग गर्दै पुनः आमरण अनसन बस्ने घोषणा गरेका छन् ।
शेयर बजार लगातार जसो घटिरहेका बेला शेयर बजारका विषयमा राम्रो जानकार कोइरालाले आमरण अनसनको घोषणा गरेका हुन् ।
१९ बुँदे माग अघि सार्दै उनले आगामी असार १ गतेदेखि नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटार परिसरमा अनसन बस्ने घोषणा गरेका छन् । कोइराला आर्थिक पत्रकार समेत हुन् । शेयर बजारमा निकै लामो अनुभव भएका कोइराले यस क्षेत्रको विकास र विस्तारका लागि आवाज उठाउदै आएका छन् ।


















