सुनचाँदीको मूल्यमा गिरावट
वि.सं.२०७९ जेठ १८ बुधवार १२:३६
5.45K
shares
shares

काठमाडौं, १८ जेठ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बुधवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै यो दिन चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घटेको छ । यो दिन चाँदीको मूल्य १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।



















