Dhulikhel Eco Banner new

शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

5.37K
shares

काठमाडौं, १८ जेठ । शिखर इन्स्योरेन्स ( SICL) ले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले ३० प्रतिशत हकप्रद बाँडफाँट तथा सूचीकरण पश्चात चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ हुनेछ । समितिको निर्देशन अनुसार कम्पनीले तोकिएको समयमा न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

कम्पनीले २०७९ चैत भित्र समितिको तोकेको चुक्ता पूँजी पुर्याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको अध्ययन गरी कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पूँजी सम्बन्धी निर्णय गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनीसँग गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने वातावरण सृजना भएमा त्यसप पश्चात कायम हुने चुक्ता पूँजीको सम्बन्धमा समेत आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय गरिने कम्पनीले जनाएको छ ।