Dhulikhel Eco Banner new

मन्त्री छान्न शेखर समूहमा छलफल

3.38K
shares

काठमाडौं, ३० असार । नेकपा एमालेसँग मिलेर पार्टीले सरकार बनाउने भएपछि नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूबीच छलफल भएको छ। आफ्नो समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन विशालनगरस्थित कोइरालाको सचिवालयमा नेताहरूको बैठक बसेको हो।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बैठकमा गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए।