Dhulikhel Eco Banner new

आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद शेयरमा खुल्यो आवेदन

3.94K
shares

काठमाडौं, २७ साउन । आँखुखोला जलविद्युत् कम्पनीले हालको १५० कित्ताका दरले हकप्रद शेयरका लागि आवेदन खुलाएको छ ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले हाल ८.४ मेगावाटको आँखुखोला १ आयोजना संचालन गरिरहेको छ । हकप्रद निष्काशनबाट प्राप्त रकमबाट ४० करोड रुपैयाँ बैंकको दीर्घकालीन ऋण तिर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।