ईभीमार्फत विदेशी मुद्रा बाहिरिए अनुसार सरकारले राजस्व आम्दानी गर्न सकेको छैन् : अशोक खड्का
वि.सं.२०८१ भदौ १६ आइतवार १८:४५
shares

काठमाडौं, १६ भदौ । नेपाल बिमक संघका महासचिव अशोक खड्काले ईभीमार्फत विदेशी मुद्रा बाहिरिए अनुसार सरकारले राजस्व आम्दानी गर्न नसकेको बताएका छन् ।
आइतबार नाडा अटो शोमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव खड्काले ईभीमार्फत धेरै विदेशी मुद्रा बाहिरिए अनुसार सरकारले राजस्व आम्दानी गर्न नसकेको बताएका हुन् ।
उनका अनुसार विदेशी मुद्रा कति बाहिरिँदा कति राजस्व उठिरहेको छ, त्यसको पनि हिसाब–किताब गर्न जरुरी हुन्छ ।


















