टिसिएलको १ लाख ६३ हजार ५ सयसम्मको क्यासब्याक
वि.सं.२०८१ भदौ २३ आइतवार १३:४१
shares

काठमाडौं, २३ भदौ । टिसिएल उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डले यस वडा दशैं तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान सेलिब्रेट ग्रेटनेस टुगेदर घोषणा गरेको छ । यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्नेछ।
सेलिब्रेट ग्रेटनेस टुगेदर अभियानको भागस्वरूप, टिसिएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५ सयसम्मको क्यासब्याक प्रदान गरिरहेको जनाएको हो।
कम्पनीका अनुसार यो अभियानलाई अझ आकर्षक बनाउँदै टिसिएलले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी दिने भएको छ।
टिसिएलले पनि बम्पर अफर प्रस्तुत गरिरहेको कम्पनीले जनाएको छ । पाँच भाग्यशाली विजेताहरूले प्रतिष्ठित सिएमएफ फोन १ बाइ नथिङ जित्ने मौका पाउने कम्पानीले जनाएको छ ।
कम्पनीका अनुसार टिसिएलको उत्पादनहरूको श्रृंखला, विविध आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएको छ। अद्भुत ध्वनिसहित अद्भुत टेलिभिजनहरूदेखि ऊर्जा(कुशल एयर कन्डिसनरहरू, विश्वसनीय फ्रिजहरू र शक्तिशाली वाशिंग मेसिनहरू सम्म टिसिएलले व्यक्तिको जीवनशैली उन्नत गर्न उत्पादनहरूको विस्तृत चयन प्रदान गर्ने जनाएको छ ।
यी अविश्वसनीय प्रस्तावहरूको फाइदा उठाउन र यस उत्सवको मौसमलाई वास्तवमा स्मरणीय बनाउन नजिकैको टिसिएल अधिकृत डिलर वा अनलाइन स्टोर www.cgdigital.com.np मा भ्रमण गर्न आग्रह गरेको छ।
कम्पनीका अनुसार टिसिएल उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा एक विश्वव्यापी अग्रणी ब्रान्ड हो जसले मानिसहरूको जीवनशैलीलाई बढाउन र नवीन उत्पादनहरू प्रदान गर्न समर्पित छ। गुणस्तर, प्रविधि र डिजाइनमा ध्यान केन्द्रित गर्दै टिसिएलले मनोरञ्जन र संचार अनुभव गर्ने तरिकालाई पुन परिभाषित गरिरहेको छ।
नेपालमा टिसिएलको घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आएको जनाएको छ ।


















