शेयर बजारमा निरन्तर गिरावट
वि.सं.२०८१ भदौ २४ सोमवार १६:४८
shares

काठमाडौं, २४ भदौ । सोमबार शेयर बजार ५५.८६ अंकले घटेर दुई हजार ६ सय ४६ दशमलव ०३ विन्दुमा बन्द भएको हो । आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२ वटाको बढेको छ भने २२२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
यसदिन सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य आज ८.९८ प्रतिशतले बढेर प्रतिकित्ता १५६५ रुपैयाँ पुगेको छ ।
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ५७ हजार बराबरको कारोबार भएको छ ।
नेपाल वेयरहाउजिङका लगानीकर्ताले ७ दशलमव ५९ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले घटेको हो ।



















