Dhulikhel Eco Banner new

लक्ष्मी सन्राइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार

2.26K
shares

काठमाडौं, २६ भदौ । लक्ष्मी सन्राइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको वीरगंज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न ८ स्थित लिंक रोड अघिल्लो शाखा स्थानबाट करिब १ के.मी. मिटर उत्तर पूर्वतर्फ मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।