आशा लघुवित्तले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ असोज ६ आइतवार ११:३९
2.5K
shares
shares

काठमाडौं, ६ असोज । आशा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
असोज ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तले सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।



















