शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ मंसिर १२ बुधवार १५:२२
2.59K
shares
shares

काठमाडौं, १२ मंसिर । शेयर बजारमा आज ९ अर्ब ३१ करोडको कारोबार हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३४ करोड १ लाख कारोबार भएको छ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड १६ लाख कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख लाख कारोबार भएको छ ।
त्यसैगरी नेपाल फाइनान्सको २४ करोड १७ लाख कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको २२ करोड ८४ लाख कारोबार भएको छ ।















