Dhulikhel Eco Banner new

उच्च अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

377
shares

काठमाडौं, ११ साउन । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ८ करोड कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.३८ प्रतिशतका दरले गुमाएका छन् ।