Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

312
shares

काठमाडौं, ११ साउन । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ८० करोड कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.३८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.६३ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल बैंक डिबेन्चर २०८७का लगानीकर्ताले ८.५७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सेन्चुरी डिबेन्चर २०८८का लगानीकर्ताले ८.३४ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबि डिबेन्चर ८.५० प्रतिशत -२०८७/८८का लगानीकर्ताले ८.३४ प्रतिशतका दरले गुमाएका छन् ।