Dhulikhel Eco Banner new

सुपारी र केराउको आयातमा सहज हुने

4.34K
shares

काठमाडौं, २६ जेठ। सुपारी, केराउ, मरिच र छोकडा अयातमा सहज हुँने भएको छ । नेपाल राष्ट्र बैंकले लगाउँदै आएको मार्जिन हटाएको छ। औद्योगिक प्रयोजनका लागि उद्योग आफैंले वस्तु आयात गर्ने भएकाले मार्जिन हटाएको बताइएको छ।

बिहीबार बैंकले सर्कुलर जारी गर्दै औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन राष्ट्र बैंकको परिपत्रमा भनिएको छ।

यी वस्तुहरुको हकमा मार्जिन र सर्तहरुसम्बन्धी व्यवस्था लागू नहुने उल्लेख छ। राष्ट्र बैंकले केही समयअघि विदेशी मुद्राको सञ्चिती जोगाउन शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो।