Dhulikhel Eco Banner new

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

2.2K
shares

काठमाडौं, १७ मंसिर । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।

अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए भने आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।

दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।

कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए । जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । जनकपुरले यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।