Dhulikhel Eco Banner new

सिवाईसी नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

2.25K
shares

काठमाडौं, १८ मंसिर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले ८८ हजार १८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले विभिन्न १३ जना संस्थापक शेयरधनीहरूको शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको हो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकिएको छ।

शेयर किन्न इच्छुक संस्थापकले पुस २१ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु वा पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।