Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

2.25K
shares

काठमाडौं, २५ मंसिर । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

खरिदकर्ताले आवेदन दिँदा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ। उक्त शेयर कम्पनीका संस्थापक शेयरधनी घनश्याम अधिकारीको स्वामित्वमा रहेको छ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न आग्रह गरिएको छ। निवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, कागमाडौं वा ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ।