आईसीएफसी फाइनान्सले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ मंसिर २५ मंगलवार ११:०८
1.9K
shares
shares

काठमाडौं,२५ मंसिर । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय हो।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ८७ हजार ९४५.२६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।



















