डिप्रोक्स लघुवित्तले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ मंसिर २८ शुक्रवार १४:१५
shares

काठमाडौं, २८ मंसिर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी वितरण गर्ने लाभांश दिने निणर्य गरेको हो ।
संस्थाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार छ ।
संस्थाको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ


















