नाडेप लघुवित्तको सीईओमा दीर्घ बहादुर अर्याल नियुक्त
वि.सं.२०८१ पुस १ सोमवार १०:२३
3.17K
shares
shares

काठमाडौं, १ पुस । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् । अर्यालको नियुक्ति माघ ३ गतेदेखि लागू हुने गरी नियुक्त भएको हो ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा अर्याललाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।




















