सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ पुस ३ बुधवार १०:१४
shares

काठमाडौं, ३ पुस । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले जम्मा ४३ हजार १२६ कित्ता शेयर बिक्रीमा राखेको हो।
जसमध्ये १५ हजार २०७ कित्ता शेयर रामहरि के.सी., ३ हजार ६७ कित्ता शेयर जीवन ज्याति श्रेष्ठ र २४ हजार ८५२ कित्ता शेयर नारायण बहादुर गुरुङको स्वामित्वमा रहेको छ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा निवेदन दिनु पर्नेछ।
यी शेयरहरू खरिदका लागि ३५ दिनभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले बताएका छन्।



















