Dhulikhel Eco Banner new

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

3.32K
shares

काठमाडौं, ३ पुस । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको २० हजार १०८ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । यो शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।

निवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा दिनु पर्नेछ। साथै यो शेयरको बिक्रीमूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।