आइएमई पे एपबाट आइल्स टेस्टको शुल्क भुक्तानीमा अब २ हजार छुट पाउने
वि.सं.२०८१ पुस ३ बुधवार ०९:३३
shares

काठमाडौं,३ पुस । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आइल्स टेस्टको शुल्क भुक्तानीमा १ हजार छुट सुविधालाई हालै सार्वजनिक गरेको छ । सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले आइल्स टेस्ट शुल्कमा फ्ल्याट २ हजार क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।
सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार १ हजार छुट सुबिधा निरन्तर चलिरहने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आइल्स परिक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले आइल्सको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइल्स युकेभिआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल एवान/ एटु, बिवानको निम्ती भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
आइएमई पे एपबाट आइल्स टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा वाट्स निउ भागमा आइल्स टेस्ट बुकिङ मा गइ सोधिएको विवरण भरेर गर्न सक्ने जनाएको छ ।



















