अन्तराष्ट्रिय ध्यान डे २०२४ मनाउँदै
वि.सं.२०८१ पुस ५ शुक्रवार १५:४४
shares

काठमाडौं, ५ पुस । संयुक्त राष्ट्र संघद्वारा डिसेम्बर २१ मा विश्व ध्यान दिवसको रुपमा मान्यता प्रदान गरिएकोले विश्वभरि सम्पूर्ण मानव समाजमा एक नवीन चेतना जागरण गराएको छ । ध्यानलाई शुद्धतम रुपमा विश्वभरी मानव कल्याण, शान्ति र आरोग्यको उज्यालो वातावरण निर्माण गर्न अझ बढी महत्वपूर्ण भूमिका खेल्ने साथै पूर्विय दर्शन र संस्कृतिको गौरब विश्वभरि फैलिने निश्चित भएको हो ।
“द आर्ट अफ लिभिङ नेपाल” ले ई.सं.२०२४ डिसेम्बर २१ को दिन अन्तराष्ट्रिय ध्यान डे २०२४ कार्यक्रम आयोजना गरेको जनाएको छ ।
विश्व मानवतावादी तथा आध्यात्मिक महापुरुष रवीशंकर गुरुदेवबाट चार दशक अगाडि ई.सं.१९८१ मा स्थापित “द आर्ट अफ लिभिङ” संस्था आज १८६ राष्ट्रमा लगभग ४.५ करोड अनुयायीहरु माझ आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आइरहेको जनाएको छ । हिंसा मुक्त समाज, तनाव मुक्त मन र शान्ति र खुशी बाड्ने उद्देश्यले यो संस्था क्रमिक रुपमा योग/प्रणायाम क्रिया र ध्यान पूर्ण सफलताको साथ अघि बढिरहेको जनाएको छ ।
डिसेम्बर २१, २०२४ को विश्व ध्यान दिवसको अवसरमा विश्वभरका मानिसहरू गुरुदेव श्री श्री रविशंकरसँग ध्यान गर्न एक साथ भेला हुँदैछन् । यो ऐतिहासिक र सबैभन्दा ठूलो ध्यान कार्यक्रम युएन को हेडक्वाटरबाट प्रशारण हुने जनाएको छ ।


















