Dhulikhel Eco Banner new

लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

1.85K
shares

काठमाडौं, ९ पुस । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले सूचना प्रविधि सहायक (आईटी विभाग) का लागि १ जना र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

सूचना प्रविधि सहायकका लागि आईटी विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरका र कनिष्ठ सहायकका लागि प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन्।

उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको लागि माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ। साथै अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

इच्छुक व्यक्तिले आवश्यक कागजात सहित पुस २५ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन कम्पनीको वेवसाइटबाट अनलाइन भर्नु पर्नेछ।