एकैदिन प्रतितोला २ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस १९ शुक्रवार १०:५२
2.73K
shares
shares

काठमाडौं, १९ पुस । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा १ लाख ५१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ हजारले बढेर तोलामा १ लाख ५३ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै,शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाले बढेको छ । बिहीबार तोलामा १ हजार ७९० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार८१० मा कायम भएको छ ।



















