शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ पुस २९ सोमवार १५:३९
shares

काठमाडौं, २९ पुस । सोमबार शेयर बजार दोहारो अंकले घटेको छ । शेयर बजार १५.५४ अंकले घटेर २,५९४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ६५करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन सुपर मादी हाइड्रोपावरको लगानीकर्ताले ८.८७ प्रतिशतका दरले कमाएका छन् भने नारायणी विकास बैंकको लगानीकर्ताले ८.८१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सपोर्ट माइक्रोफाइनान्सको लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् भने नेपाल एसबिआई बैंकको लगानीकर्ताले ७.३० प्रतिशतका दरले कमाएका छन् ।



















