Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.12K
shares

काठमाडौं, २९ पुस । सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १५.५४ अंकले घटेर २,५९४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ६५करोडको कारोबार भएको हो ।

शेयर बजारमा आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।

यसदिन रिभर फल्स पावरका लगानीकर्ताले ८.३६ प्रतिशतका दरले गुमाएका छन् भने कुमारी धनवृद्धि योजनाको लगानीकर्ताले ४.६३ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, एग्रिकल्चर डिबेन्चरका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले गुमाएका छन् ।