शेयर बजारमा दोहारो अंकले गिरावट, बढ्यो कारोबार रकम
वि.सं.२०८१ पुस २९ सोमवार १५:०८
shares

काठमाडौं, २९ पुस । सोमबार शेयर बजार दोहारो अंकले घटेको छ । शेयर बजार १५.५४ अंकले घटेर २,५९४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ६५करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।



















