शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढ्दा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ माघ ७ सोमवार १५:३०
shares

काठमाडौं, ७ माघ । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.७८ अंकले बढेर २,६०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ५७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.०५ प्रतिशतका दरले बढेको छ ।
यसदिन रिभर फल्स पावरका लगानीकर्ताले ७.७० प्रतिशतका दरले कमाएका छन् भने दोल्टी पावर कम्पनीका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी मध्ये भोृटेकोशी जलविद्युतका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले कमाएका छन् भने बाराही हाइड्रोपावरका लगानीकर्ताले ५.७७ प्रतिशतका दरले कमाएका छन् ।



















