शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ माघ ७ सोमवार १५:४१
shares

काठमाडौं, ७ माघ । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.७८ अंकले बढेर २,६०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ५७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा विन लघुवित्त र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।
यसदिन भुगोल पावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी नेपाल फाइनान्सका लगानीकर्ताले ७.१५ प्रतिशतका दरले गुमाएका छन् ।



















