शेयर बजारमा सामान्य अंकले वृद्धि, १२९ कम्पनीकोे शेयर मूल्य घट्यो
वि.सं.२०८१ माघ ८ मंगलवार १५:१२
shares

काठमाडौं, ८ माघ । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.०८ अंकले बढेर २,६१३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब १९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.९६ प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।



















