Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.31K
shares

काठमाडौं, ८ माघ । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.०८ अंकले बढेर २,६१३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब १९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् भने न्यादी हाइड्रोपावरका लगानीकर्ताले ७.५३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सिईडिबि होल्डिंग्सका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले कमाएका छन् भने नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ५.८२ प्रतिशतका दरले कमाएका छन् ।