शेयर बजारमा ६ अर्ब १९ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ ८ मंगलवार १६:३४
2.33K
shares
shares

काठमाडौं, ८ माघ । शेयर बजारमा ६ अर्ब १९ करोडको कारोबार हुँदा सीईडीबी होल्डिङको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २३ करोड ७६ लाख कारोबार भएको छ ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख कारोबार भएको छ ।
त्यसैगरी सुपर मादी हाइड्रोपावरको १६ करोड ४३ लाख कारोबार भएको छ भने माथिल्लो मैलुङ खोला जलविद्युतको १५ करोड ८३ लाख कारोबार भएको छ ।



















