Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता तान्दै राष्ट्र बैंक

1.73K
shares

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधवार ९० अर्ब तरलता तान्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

राष्ट्र बैंकले दिउँसो २ बजे बोलकबोलको व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थाहरूसँग उक्त रकम संकलन गर्ने जानकारी दिएको छ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्।

बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदर प्रणाली पनि अपनाउन सकिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप २१ दिनको हुनेछ र माघ ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ।