Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले वृद्धि, १९६ कम्पनीको शेयर मूल्य बढ्यो

2.17K
shares

काठमाडौं, ९ माघ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५२.३६ अंकले बढेर २,६६५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब २० करोडको कारोबार भएको हो ।

हरियाली छाएको शेयर बजारमा कर्पोरेट विकास बैंक र दोल्टी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.२१ प्रतिशतको दरले गुमाएका छन् ।